News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीको वर्चस्व देखिएको छ।
- सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट सूचीको चौथो स्थानमा छिन् भने गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट दोस्रो स्थानमा छन्।
- सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो र सूचीमा केही कलाकारहरू समावेश छैनन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीको वर्चस्व देखिएको छ ।
मनोरञ्जन वृत्तका केही चर्चित अनुहारले सूचीमा स्थान बनाएका छन् । पूर्वमिस नेपालदेखि गायक, अभिनेता र टिभी कार्यक्रम संचालक सम्म सूचीमा अटाएका छन् ।
सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट सूचीको चौंथो स्थानमा छिन् ।
गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट सूचीको दोस्रो स्थानमा छन् । यो क्लस्टरबाट पहिलो स्थानमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे छन्, जे पेशाले चिकित्सक पनि हुन् ।
टिभी कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा दलित महिला क्लस्टरबाट पहिलो स्थानमा अटाएकी छिन् । गायक, अभिनेता तथा टिभी होस्ट आसिफ शाह पनि सूचीमा छन् ।
आसिफ मुस्लिम क्लस्टरबाट पहिलो स्थानमा छन् । चर्चित गायिकाद्वय सत्यकला राई र त्रिशला गुरुङ पनि सूचीमा छन् ।
सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो । रास्वपासँग मिल्नुअघि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले क्यूएफएक्स प्रमुख नकिम उद्दिनसहितका केही कलाकारलाई पनि सिफारिस गरेको थियो ।
तर, ११० जनाको सूचीमा उनीहरू अटाएका छैनन् ।
प्रतिक्रिया 4