+

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी, सदस्यमा को-को ?

२०८२ पुष  १५ गते १४:१४ २०८२ पुष १५ गते १४:१४

मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् । 

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी, सदस्यमा को-को ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा.कुन्जाङ शेर्पा नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा ५२३४ मत ल्याएर विजयी भएका छन्।

१५ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् ।  शेर्पा यसअघि काउन्सिलको सदस्य थिए ।

केहीबेरअघि सकिएको मतगणनामा डा.शेर्पाले ५२३४ मत ल्याएर जित हात पारेका हुन् । उनका नजिकका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ४३५० मत पाए । उपाध्यक्षका अर्का उम्मेदवार डा. अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यमा सबैभन्दा बढी डा. छविलाल पन्थीले ४८५७ मत पाएका छन् । डा. सारिका गोइतले ४४७९, डा. दिपेन्द्र पाण्डेले ४०१५ , डा. योविन कुमार यादवले ३६४८ मत ल्याएर सदस्य निर्वाचित भएका छन् । त्यसैगरी  डा.अस्मिता पोखरेलले ३४०४, डा. सम्राट पराजुलीले ३२८२,  निना राईले ३१११ र डा. रबिन बस्नेतले ३०७२  मत पाएर मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।

निर्वाचित उपाध्यक्ष र सदस्यहरूको पदावधि ४ वर्षको रहने व्यवस्था छ ।

कसको मत कति ?

नेपाल मेडिकल काउन्सिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय