News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्य नारायण श्रेष्ठलाई राखेको छ।
- धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश गरिएको छ।
- नारायण श्रेष्ठ जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष हुन् र भोजविक्रम थापाको स्वास्थ्य कारणले राजीनामा पछि निर्विरोध चयन भएका छन्।
१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ ।
भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई समानुपातिकको सूचीमा राखिएको छ । आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश नारायण श्रेष्ठलाई काठमाडौं निवासी हुन् ।
कांग्रेसले समानुपातिक सूचीमा राखेका उनी जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन् । संस्थाका अध्यक्ष भोजविक्रम थापाले स्वास्थ्यको कारणले राजीनामा दिएपछि मूल नेतृत्वमा श्रेष्ठ निर्विरोध चयन भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4