+
+
Shares

राजनीतिक डेब्यूबारे प्रकाश सपुत : अबको मेरो जोडबल देशलाई धेरै समय दिनु हुनेछ

‘मेरो सपना थियो कि मान्छेले चिनून, त्यो सपना पुरा भएको छ’ भन्छन्, ‘अब मलाई व्यक्तिगतरुपमा नयाँ सपना र लोभ छैन । यो समयमा देशको लागि केही न केही योगदान दिनुछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १३:४९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेपछि आफ्नो समय, ऊर्जा र अनुभव देशको लागि समर्पण गर्ने बताएका छन्।
  • सपुतले कलाकारितामा नयाँ सपना नभएको र अब राजनीतिमार्फत देशका लागि योगदान दिन चाहने बताएका छन्।
  • उनले आगामी चुनावमा प्रचारप्रसारमा जुट्ने र वैकल्पिक शक्तिलाई जनतामाझ पुर्‍याउने प्राथमिकता राख्ने योजना बनाएका छन्।

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले अबको आफ्नो समय, ऊर्जा र अनुभव देशको लागि समर्पण गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि सपुतले अनलाइनखबसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘अबको मेरो जोडबल देशलाई धेरै समय दिने भन्नेमा हुनेछ । राजनीतिमा सानोतिनो भूमिका पाइयो भने देशकै लागि आफ्नो ऊर्जा समर्पण गर्ने मेरो सोच हो ।’

कलाकारको रुपमा अब आफूलाई नयाँ सपना र लोभ नभएको बताउँदै सपुतले यस समयमा आफूले राजनीतिमार्फत देशका लागि केही गर्ने सोच बनाएको बताए ।

‘कलाकारितामा लाग्छु भने अर्को के त ? फिल्म वा संगीतमा अर्को हिट हो । मलाई नाम चाहिएको छैन । मेरो सपना थियो कि मान्छेले चिनून, त्यो सपना पुरा भएको छ’ भन्छन्, ‘अब मलाई व्यक्तिगतरुपमा नयाँ सपना र लोभ छैन । यो समयमा देशको लागि केही न केही योगदान दिनुछ ।’

राजनीतिक डेब्यूबारे उनले भने, ‘वैकल्पिक शक्तिलाई सपोर्ट गर्नुपर्छ । उनीहरूलाई अघि सार्नुपर्छ भन्ने पहिलो सोच हो । सुरुदेखि नै औपचारिकरुपमा सपोर्ट गर्नुपर्छ भन्ने सोच थियो ।’

उनले आफ्नो सिर्जनात्मक चेत समाज र राजनीतिसँग नजिक भएको बताए । ‘मेरो आउने समयको यात्रा राजनीति नै हो भन्ने कुरा देखिन्छ । यसमा सरप्राइज हेर्नुपर्दैन’ उनले भने ।

अहिलेको राजनीति व्यवस्था सुधार्न नभइ अवस्था सुधार्न हुनुपर्ने उनले बताए । ‘यतिबेला अवस्था सुधारको काम गर्ने मात्र हो । व्यवस्था परितर्वनको कुरा अहिले होइन’ उनले भने, ‘योग्य र क्षमातावान, नयाँ राजनीतिक अभ्यासबाट आएका मान्छेसँग काम गर्न सजिलो हुन्छ कि भन्ने हो ।’

कलाकारिता र राजनीति दुबै कुरा जनतासँग जोडिने पेशा रहेको उनले बताए । ‘विगत पाँच ६ वर्षमा मैले गर्दै आएको पेशा कलाकारिता हो’ उनले भने, ‘दुईटै जनतासँग जोडिएका छन् । कलाकारिता र राजनीतिसँग पनि जनता चाहिने भएकाले, सिर्जनशिल अभ्यास भने हुन बाँकी छ ।’

आउँदो प्रतिनिधि सभाको चुनावको उम्मेदवार बनेपछि अब सपुतसामु प्रचारप्रसारमा जुट्नुपर्ने हुन्छ । उनले समय मिलाएर चुनाव प्रचार गर्ने योजना पनि बनाएका छन् ।

उनले यसबारे भने, ‘अहिलको प्राथमिकता राजनीतिक भूमिका र नयाँ वैकल्पिक शक्तिलाई जनतामाझ पुर्‍याउनेतर्फ ध्यान केन्द्रित हुनेछ ।’

कामको कुरा गर्दा, सपुत अभिनित फिल्म ‘मिरमिरे’ १ बैशाखदेखि प्रदर्शन तयारीमा छ । बैशाखमा उनी अभिनित फिल्म ‘परालको आगो’ रिलिज हुनेछ । फिल्म रिलिजपछि उनी सांगीतिक सिर्जना ल्याउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?