+
+
Shares

कीर्तिपुर डाँडामा ल्यापटप बोकेर ३ लाख कमाउन सकिने गगनको भनाइमा अर्थमन्त्री सहमत

विगतमा युवाका यस्ता माग कसैले नबुझ्दा समस्या आएको अर्थमन्त्री खनालको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वर खनालले विदेशी लगानी सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा परिवर्तन गरेको जानकारी दिए।
  • खनालले युवाले रिमोट वर्करका रूपमा काम गरिरहेको र त्यसलाई समर्थन गर्नुपर्ने आवश्यकता रहेको भन्दै सरकार प्रयासरत रहेको बताए।
  • उनले लगानीकर्ताले लाभांश लैजान सहज बनाउने गरी नियम ल्याइएको र वाणिज्य बैंकलाई जिम्मेवार बनाएर लाभांश विदेश लैजान सहजीकरण गरिएको खुलाए।

१५ पुस, काठमाडौं । केही समयअघि नेपाली कांग्रेस महामन्त्री गगन थापाले अभिव्यक्त गरेको भनाइमा अर्थमन्त्री रामेश्वर खनालले सहमति जनाएका छन् ।

फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको छलफलमा अर्थमन्त्री खनालले विदेशी लगानी सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा परिवर्तन गरेको जानकारी दिए ।

सोही सन्दर्भमा खनालले गगन थापाको अभिव्यक्ति समेत स्मरण गरे । नेपालमा युवाले रिमोट वर्करका रूपमा काम गरिरहेको र त्यसलाई समर्थन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सरकार सोही अनुसार प्रयासरत रहेको बताए ।

८/९ वर्ष अगाडि ५ सय बराबरको डलर कार्ड सुविधा दिँदा रिमोट वर्करलाई धेरै सहज भएको भन्दै उनले सोही आधारमा विदेशी लगानीकर्ताले लाभांश लैजान सहज बनाउने गरी नियम ल्याइएको जानकारी दिए ।

लगानीकर्ता डराउने अवस्थाले थप लगानी नआउने भन्दै उनले वाणिज्य बैंकलाई जिम्मेवार बनाएर नियम अनुसार लैजान सक्ने लाभांश विदेश लैजान सहजीकरण गरिएको बताए ।

अहिले काठमाडौंमा खुलेको धेरै चिया पसलमा धेरै युवाले यस्तै रिमोट वर्करका रूपमा काम गरिरहेको समेत उनले बताए ।

‘कतिपयलाई लाग्छ, यो कस्तो लफङ्गो रहेछ, तर उसले त्यहाँ बसेर विदेशी कम्पनीमा काम गरिरहेको हुन्छ,’ उनले भने । विगतमा युवाका यस्ता माग कसैले नबुझ्दा समस्या आएको अर्थमन्त्री खनालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?