News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक नियाज सोमबार राति पक्राउ परेका छन्।
- नेपाल एयरलाइन्सको बैंककबाट काठमाडौं आएको उडानमा नियाजको लगेजबाट लागूऔषध फेला परेको प्रहरीले बताएको छ।
- पक्राउ परेका नियाजलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
१५ पुस, काठमाडौं । थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५० ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो ।
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनको लगेजबाट उक्त लागूऔषध फेला परेको प्रहरीले बताएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4