+

टी–२० विश्वकपका लागि राशिदको कप्तानीमा अफगानिस्तानको टोली घोषणा

२०८२ पुष  १६ गते १३:४२ २०८२ पुष १६ गते १३:४२
टी–२० विश्वकपका लागि राशिदको कप्तानीमा अफगानिस्तानको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफगानिस्तान क्रिकेट बोर्डले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
  • घोषित टोलीले जनवरी १९ देखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पनि सहभागिता जनाउनेछ।
  • टोलीमा मोहम्मद नबी, रहमानुल्लाह गुरबाज, मुजीब उर रहमान र गुलबदिन नाइबसहित युवा तथा अनुभवी खेलाडीहरूको मिश्रण रहेको छ।

१६ पुस, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

घोषित टोलीले आउँदो जनवरी १९ देखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पनि सहभागिता जनाउनेछ।

टोलीमा अनुभवी खेलाडी मोहम्मद नबी, रहमानुल्लाह गुरबाज, मुजीब उर रहमान र गुलबदिन नाइबसहित युवा तथा अनुभवी खेलाडीहरूको मिश्रण रहेको छ।

गत संस्करण सेमिफाइनलसम्म पुगेको अफगानिस्तान यसपटक न्युजिल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा र यूएईसँग समूह ‘डी’ मा रहेको छ ।

अफगानिस्तान टोली: राशिद खान (कप्तान), नूर अहमद, अब्दुल्लाह अहमदजाई, सिदिकुल्लाह अतल, फजलहक फारुकी, रहमानुल्लाह गुरबाज, नवीन उल हक, मोहम्मद इसहाक, शाहिदुल्लाह कमाल, मोहम्मद नबी, गुलबदिन नाइब, अजमतुल्लाह उमरजाई, मुजीब उर रहमान, दारविश रसूली र इब्राहिम जद्रान।

रिजर्भ खेलाडी: एएम गजनफर, इजाज अहमदजाई र जिया उर रहमान शरिफी।

अफगानिस्तान क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय