News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघको कार्यसमिति बैठकमा माघ २८ गते एन्फाको निर्वाचन प्रस्ताव गरिएको छ।
- एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ र विधानअनुसार ६ महिना थप गर्न मिल्छ।
- एन्फाले फिफा विश्वकप लक्षित गर्दै अर्ली इलेक्सन गर्ने पक्षमा छ भने प्रतिपक्षीहरूले चार वर्षे कार्यकाल नसकिँदै निर्वाचन मिति प्रस्ताव गर्नु ठिक नहुने बताएका छन्।
१६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक अहिले जारी छ । बैठकमा एन्फाको निर्वाचन माघ २८ गतेका लागि प्रस्ताव गरिएको एक सदस्यले जानकारी दिएका छन् ।
निर्वाचनको उक्च प्रस्तावित मितिमा अहिले छलफल भइरहेको छ । २०७९ असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार ६ गतेसम्म छ ।
एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप गर्न मिल्ने व्यवस्था छ । तर एन्फा भने फिफा वपश्वकपलाई लक्षित गर्दै अर्ली इलेक्सन गर्ने पक्षमा लागिरहेको छ ।
वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल नसकिँदै निर्वाचन मिति प्रस्ताव गर्नु ठिक नहुने प्रतिपक्षीहरुको भनाई छ ।
एन्फाको केन्द्रीय निर्वाचनअघि नै जिल्ला, प्रदेश तथा चार संघ को निर्वाचन हुँदै आएको थियो ।
प्रतिक्रिया 4