+
+
Shares

सौगात-सृष्टि स्टारर ‘भाइरल गोर्खे’ को ट्रेलर : कोही किन भाइरल बन्न चाहन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १६:०७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'भाइरल गोर्खे' को ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको छ जसमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्।
  • फिल्ममा सामाजिक सञ्जालमा भाइरल बन्ने गोर्खेको संघर्ष र वास्तविक जीवनका यथार्थको सामना गर्ने कथा समेटिएको छ।
  • 'भाइरल गोर्खे' १ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ र निर्देशक निगम श्रेष्ठले समसामयिक विषयमा फिल्म बनाएको बताउनुभयो।

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ पुनः एकसाथ पर्दामा फर्किने तयारीमा छन् । अफस्क्रिनदेखि अनस्क्रिनसम्म यी दुईको चर्चा लामो समयदेखि हुँदै आएको छ । यस्तोमा, यी दुईले रिलमा जोडी बाँधेको फिल्म ‘भाइरल गोर्खे’ ले बुधबार रोचक र मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरेको छ ।

ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । सामाजिक सञ्जालमा भाइरल भन्न मुख्य पात्र गोर्खे (सौगात मल्ल) ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा यसभित्र समेटिएको छ ।

पाका अभिनेता शिव श्रेष्ठजस्तै चर्चित बन्ने सपना बोकेको गोर्खेले टिकटक र युट्युबमा धेरै भ्यूज पाउन जोखिम मोलेर अनौठा हर्कत गर्छ र चर्चित पनि हुन्छ । तर, उसले वास्तविक जीवनका यथार्थको सामना गर्नुपर्छ ।

रिल र रियल लाइफबीचको यो अन्तरविरोधमा मुख्य पात्र कसरी अघि बढ्छ भन्ने कथावस्तु यसमा छ । सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा हुर्किएको प्रवृत्तिलाई व्यंग्य र प्रश्न गदै फिल्म बनेको छ ।

यसअघि छड्के, लालपूर्जा र छड्के २ जस्ता फिल्म निर्देशन गरेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ मा पनि आफ्नो निर्देशकीय विशिष्टिता र छाप छाडेका छन् ।

समसामयिक र घरघरको विषय भएकाले फिल्म दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक श्रेष्ठले बताए ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, मिस पबिको पनि अभिनय छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सहनिर्माता शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल हुन् । कार्यकारी निर्मातामा निर्वाण फिल्म स्कुल र केदार श्रेष्ठ छन् ।

‘भाइरल गोर्खे’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?