News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्लियरिङ हाउस लिमिटेडले डिस्कभर नेटवर्कसँग सहकार्यमा नेपालको नेसनल कार्ड स्किम 'नेपाल पे कार्ड' को व्यावसायिक प्रयोग सुरु गरेको छ।
- नेपाल पे कार्ड विश्वभरिका १ सय ९० भन्दा बढी देश तथा क्षेत्रमा एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने भएको छ।
- हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेसनल कार्ड स्विच र नेपाल पे कार्डको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन्।
१६ पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेसनल कार्ड स्किम ‘नेपाल पे कार्ड’ को व्यावसायिक प्रयोग सुरु गरेको छ ।
नेसनल पेमेन्ट स्विच परियोजना अन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे कार्ड पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।
यो सहकार्यले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्ड नेपालभरिका एटीएम र पीओएस टर्मिनल मात्र नभई विश्वव्यापी प्रयोग गर्न सकिने भएको छ ।
विश्वभरिका १ सय ९० भन्दा बढी देश तथा क्षेत्रमा उक्त कार्ड प्रयोग गर्न सकिने भएको छ । नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क अलायन्स तथा डिनर क्लब कार्डमा आबद्ध विश्वभरिका ३७ करोड ८० लाखभन्दा बढी कार्डबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेसनल कार्ड स्विच र नेपाल पेको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् ।
अन्य संस्था पनि क्रमश: थपिने क्रममा रहेको क्लियरिङ हाउसले जनाएको छ । एनपीएस तथा एनसीएसमा कार्डसम्बन्धी कारोबारको अन्तरआबद्धता साथै राउटिङ, सेटलमेन्ट, डिस्प्युट ह्यान्डलिङ तथा एकीकृत रिपोर्टिङ जस्ता विशेषता छन् ।
प्रतिक्रिया 4