+
+
Shares

सेयर बजार १२.८३ अंक घट्यो, कारोबार रकम समेत खुम्चियो

‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचक ओरालो लागे । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार नेप्से सूचक १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा रोकिएको छ, जुन ०.४८ प्रतिशतको गिरावट हो।
  • बिहीबार कुल ३३६ धितोपत्रको ६४ हजार ४ सय ७ कित्ता सेयर ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँमा किनबेच भयो।
  • विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेर १४८१.१० रुपैयाँ पुगेको छ भने ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्।

१७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार १२.८३ अंक घटेको छ । बिहीबार नेप्से २६२०.९२ बिन्दुमा झरेर रोकिएको छ । यो ०.४८ प्रतिशतको गिरावट हो ।

‘अन्य’ उपसूचक बाहेक बिहीबार सबै उपसूचक ओरालो लागे । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले १.०९ प्रतिशतले गुमाए ।

बिहीबार कुल ३ सय ३६ धितोपत्रको ६४ हजार ४ सय ७  कारोबारबाट १ करोड १ लाख ५३ हजार २ सय २६ कित्ता सेयर किनबेच भयो । कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाखमा खुम्चियो । जुन अघिल्लो कारोबार दिन बुधबारको तुलनामा कम हो । बुधबार दोहोरो अंकले बढेको बजार आज घटेको हो ।

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर १४८१.१० रुपैयाँ प्रतिकित्ता पुग्यो । यसबाहेक एसवाई प्यानल नेपाल लिमिटेड, हिम स्टार ऊर्जा कम्पनी, बुङ्गल हाइड्रो लिमिटेड, कालिका पावर कम्पनी सहितका धितोपत्रको मूल्य धेरैले बढ्यो ।

बिहीबार ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाए । यसबाहेक बोटलर्स नेपाल, सयपत्री हाइड्रो, लक्ष्मी लघुवित्त वित्तीय संस्था सहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । एसवाई प्यानल नेपाल लिमिटेड आज सर्वाधिक कारोबार हुने धितोपत्रका रूपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?