+

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै उसमान ख्वाजा

२०८२ पुष  १८ गते ७:५८ २०८२ पुष १८ गते ७:५८

पाकिस्तानको इस्लामाबादमा जन्मिएका ख्वाजा सानो उमेरमै परिवारसहित सिड्नी आएका थिए। यहीँ उनले फर्स्ट क्लास र टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै उसमान ख्वाजा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका अनुभवी ब्याटर उसमान ख्वाजाले सिड्नीमा हुने पाँचौं एसेज टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
  • ख्वाजाको अन्तिम टेस्ट उनको ८८औं हुनेछ र उनले टेस्ट क्रिकेटमा १६ शतक बनाएका छन्।
  • सन्यासपछि ख्वाजा घरेलु क्रिकेटमा ब्रिसबेन हीट र क्वीन्सल्याण्डबाट खेल्नेछन् र उनले माइकल हसीको रन रेकर्ड पार गर्ने सम्भावना छ।

१८ पुस, काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याटर उसमान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनले सिड्नीमा हुने पाँचौं एसेज टेस्टपछि टेस्ट क्रिकेटबाट बिदा लिने बताएका हुन्। यही टेस्ट उनको ८८औं र अन्तिम टेस्ट हुनेछ।

३९ वर्षे ख्वाजा सिड्नीमै हुर्किएका हुन् र यही  सिड्नी क्रिकेट मैदानमा उनले आफ्नो टेस्ट करियरको अन्त्य गर्नेछन्। उनले शुक्रबार सिड्नी क्रिकेट ग्राउन्डमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका थिए। उक्त अवसरमा उनका परिवारका सदस्यहरू पनि उपस्थित थिए।

ख्वाजाले यो निर्णय भावनात्मक भएको र सहकर्मीहरूलाई जानकारी गराउँदा पनि भावुक भएको बताए । ‘म कहिल्यै रोएर सन्यास लिन्छु भन्ने सोचेको थिइनँ’ उनले भने।

ख्वाजा अस्ट्रेलियाका पहिलो मुस्लिम टेस्ट क्रिकेटर हुन्। उनी मैदान बाहिर पनि जातीय भेदभावविरुद्ध आवाज उठाउने खेलाडीका रूपमा चिनिन्छन्।

उनले टेस्ट क्रिकेटमा १६ शतक बनाएका छन्। अन्तिम टेस्टमा ३० रन थपेमा उनले माइकल हसीले बनाएको रन रेकर्ड पार गर्नेछन्।

ख्वाजाले अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा खेले । विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्दा उनको प्रदर्शन पनि शानदार रहेको थियो ।

सन्यासपछि ख्वाजा घरेलु क्रिकेटमा भने खेल्ने छन् । हाल भइरहेको बिग ब्यास लिग (बीबीएल) मा ब्रिसबेन हीटबाट खेल्ने र क्वीन्सल्याण्डबाट शेफिल्ड शिल्डका लागि उपलब्ध रहनेछन्।

इस्लामाबादमा जन्मिएका ख्वाजा सानो उमेरमै परिवारसहित सिड्नी आएका थिए। यही मैदानमा उनले पहिलो श्रेणी र टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए।

उसमान ख्वाजाको यात्रा संघर्ष, धैर्य र प्रेरणाले भरिएको छ । उनी अस्ट्रेलिया क्रिकेटका लागि एक महत्वपूर्ण पात्रका रूपमा रहनेछन्।

उसमान ख्वाजा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय