+

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

२०८२ पुष  १८ गते १३:०३ २०८२ पुष १८ गते १३:०३

यस अभियानबाट संकलित हुने रकमबाट स्थापित हुने कोष क्यान्सरबाट प्रभावित भई धुलिखेल अस्पतालमा उपचार गर्न आउने विपन्न बिरामीको उपचारमा प्रयोग हुनेछ ।

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको पूर्व-पश्चित साइकल यात्रा १८०० किलोमिटर पार गरी बैतडीको झुलाघाटसम्म पुग्नेछ।

१८ पुस, काठमाडौं । क्यान्सर रोगबाट पीडित बिरामीका लागि कोष निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको पूर्व-पश्चित साइकल यात्रा सुरु भएको छ । पाँचथरको चिवाभञ्ज्याङबाट सुरु हुने यात्रा १८०० किलोमिटर पार गरी बैतडीको झुलाघाटसम्म पुग्नेछ ।

यस साइकल यात्रा साइकल कल्चर कम्युनिटी, धुलिखेल अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल लगायतका संस्थाको सहकार्यमा आयोजना गरिएको हो । अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ बाट सुरु भएको गरिएको हो । एक महिनामा झुलाघाट पुग्ने लक्ष्य राखिएको छ ।

बिहीबार चिवा भञ्ज्याङमा साइकल यात्राका सुभाम्भ कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा स्थानीयले रैथाने उत्पादन छुर्पी सहितको सगुन प्रदान गरेका थिए ।

साइकल यात्राका एक प्रमुख राइडर धुलिखेल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुली रहेका छन् । उनीसँगै क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकार साथै साइकल कल्चर कम्युनिटीका प्रा. डा. तारा लाल श्रेष्ठ र ज्ञानेन्द्र स्थापित सहित ५ जना साइकल यात्रामा सहभागी छन् ।

उनले यस अभियानबाट संकलित हुने रकमबाट स्थापित हुने कोष क्यान्सरबाट प्रभावित भई धुलिखेल अस्पतालमा उपचार गर्न आउने विपन्न नागरिकको उपचारमा प्रयोग हुने डा. विकास पराजुली जानकारी दिए ।

क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकारले आफू क्यान्सरबाट प्रभावित हुँदा र उपचार गर्दाको पीडाबाट पाठ सिकेर यो अभियानमा जोडिएको बताए । अतिविपन्न क्यान्सर प्रभावित नेपालीले आगामी दिनमा समस्या भोग्न नपरोस् भनेर यस अभियानमा सहभागी भएको लामाको भनाइ छ ।

साइकल यात्राको थालनी कार्यक्रममा धुलिखेल अस्पतालका बरिष्ठ चिकित्सक प्रा.डा. सुमन राज ताम्राकार, साइकल कल्चर कम्युनिटीका प्रा. डा. तारा लाल श्रेष्ठ, ज्ञानेन्द्र स्थापित, फोर्टिन पिकका शिरिषामान, सुजल पौडेल र गोपाल राई लगायतको उपस्थिति थियो ।

साइलक यात्रा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय