+
+
Shares

बल्छी धुर्बे स्टारर ‘गोबर गणेश’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मरिचमान श्रेष्ठ 'बल्छी धुर्बे' र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म 'गोबर गणेश'को ट्रेलर सार्वजनिक गरिएको छ।
  • फिल्मको निर्देशन र मुख्य भूमिका मरिचमान श्रेष्ठले गरेका हुन् र यो उनको डेब्यू निर्देशन हो।
  • 'गोबर गणेश' फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ।

काठमाडौँ । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलरले कथावस्तुबारे दर्शाउँछ ।

गाउँमा हाँसीखेली हुर्किएको मुख्य पात्र सपना पूरा गर्न सहर पुग्छ । पैसा कमाउने क्रममा उसले सहरमा धेरै थरी चुनौतिको सामना गर्नुपर्छ । के उक्त पात्रले काठमाडौं सहरमा सपना पूरा गर्न सक्ला ?

फिल्मको केन्द्रमा मरिचमान स्वयम छन् । यो फिल्मको निर्देशन समेत मरिचमान स्वयमले गरेका हुन् । चर्चित टिभी श्रृंखलाहरूमा अभिनय गरेपछि मरिचमान यही फिल्मबाट ठूलो पर्दामा अघि बढेका हुन् ।

कथानक फिल्ममा यो उनको डेब्यू निर्देशन र अभिनय हो । टिभी श्रृंखलामार्फत सामाजिक कथावस्तुलाई दर्शकमाझ पस्किएका मरिचमान बल्छी धुर्बे पात्रले टिभीमा चर्चित थिए । उनको अभिनय करिअरमा दोस्रो इनिङ्स सुरु भएको छ र ‘गोबर गणेश’ मार्फत उनले फिल्मी करिअर थालेका छन् ।

फिल्ममा पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, विशाल पहाडी लगायतको अभिनय छ । बल्छी धुर्बे फिल्म्सले यो फिल्मलाई निर्माण गरेको हो ।

‘गोबर गणेश’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?