+

हेल्प नेपाल स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

२०८२ पुष  १८ गते १६:४७ २०८२ पुष १८ गते १६:४७
हेल्प नेपाल स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेल्प नेपाल स्पोर्ट्स क्लबले नवाैं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २५-२१, २५-२३, २५-२२ को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनल पुगेको हो।
  • फाइनल खेल शनिबार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग हुनेछ।

१८ पुस, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसलाई २५-२१, २५-२३, २५-२२ ले हराएको हो ।

तेस्रो सेटमा पुलिसले २२-२० को अग्रता बनाएपनि जोगाउन सकेन । हेल्प नेपालले लगातार ५ अंक जोडेर खेल जित्यो ।

हेल्प नेपालले अब उपाधिका लागि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।

फाइनल खेल शनिबार हुनेछ ।

एनभीए भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय