+
+
Shares

कांग्रेस केन्द्रीय समितिको म्याद थप्ने प्रस्ताव

नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय समितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव गरेको छ।
  • सभापति शेरबहादुर देउवाले सानेपामा जारी समितिमा म्याद थप प्रस्ताव गरेका हुन्।
  • पहिले दुई महिना थपेर माघ मसान्तसम्म म्याद बढाइएको थियो।

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव गरिएको हो । यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो ।

कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचन कार्यसमितिको कार्यकाल यही मंसिरमा सकिनुअघि माघसम्म म्याद थप भएको थियो । आजको बैठकमा महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६-२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो । तर उक्त निर्णयसहितको तालिका सबै प्रभावित भइसकेको छ । कांग्रेसमा अहिले पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने माग पनि उठेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बाध्यकारी भइसकेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?