+
+
Shares

यस्तो छ कांग्रेसको १५औं महाधिवेशनको प्रस्तावित नयाँ तालिका

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने नयाँ तालिका प्रस्ताव गर्नुभयो।
  • मंसिर १५ गतेको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको भए पनि तालिका प्रभावित भइसकेको छ।
  • महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत प्रतिनिधिले माग गरेअनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्नुभएको छ।

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका छन् ।

सानेपामा जारी बैठकमा उनले वैशाख २८-३१ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेका हुन् ।

यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।

यस्तो छ नयाँ प्रस्ताव

चैत २१ – वडा अधिवेशन
चैत २५- गाउँ/नगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?