१८ पुस, काठमाडौं । अवैध अन्तराष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भइ काठमाडौं धुम्बाराही बस्दै आएका ३० वर्षीय राजन राजवंशी छन् । उनलाई ज्ञानेश्वरबाट पक्राउ गरिएको सीआईबीले बताएको छ । सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी उनले कल बाइपास गरेको आरोप छ ।
उनलाई दुरसञ्चार ऐन अन्तर्गतको कसुरमा कारबाही अघि बढाइने प्रहरीले बताएको छ । कल बाइपास गर्न प्रयोग भएका विभिन्न सामानहरु समेत बरामद भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4