+
+
Shares

कांग्रेस महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित

नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १७:५६

१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा शशांक कोइरालाले जानकारी दिए ।

पुस २६-२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेका थिए । महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गरेका गरेका थिए ।

यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।

यस्तो छ पारित भएको नयाँ तालिका

चैत २१ – वडा अधिवेशन
चैत २५- गाउँ/नगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन 
वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन 
वैशाख २८, २९, ३० र ३१- केन्द्रीय अधिवेशन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?