+
+
Shares

कांग्रेस महामन्त्री थापाद्वारा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २८ भित्र विशेष महाधिवेशन आह्वान हुने विधानको अनिवार्य व्यवस्था भएको बताए।
  • थापाले विधान पालना नगरे केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने स्पष्ट पारे।
  • उनले पुसको अन्तिममा महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन र ऐतिहासिक निर्णय गर्न तयार हुन आह्वान गरे।

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस अन्तिममा काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

पार्टीको विधानमा गरिएको व्यवस्थाअनुसार पुस २८ भित्र विशेष महाधिवेशन आह्वान हुने उनको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा नियमित महाधिवेशनको नयाँ कार्यतालिका पारित गरे पनि महामन्त्री थापाले विधानमा गरिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन नरोकिने बताए ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग्नु भएको विशेष महाधिवेशन पुसको २८ भित्र गरिसक्नु पर्ने विधानको अनिवार्य व्यवस्था छ । एक दुई दिनभित्र पार्टी सभापति, कार्यबाहक सभापतिले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बनाउनुहुन्छ भन्ने अपेक्षा गर्छौं,’ थापाले भने, ‘विधान पालना गर्नु पर्ने जिम्मेवार नेताहरूले पालना गर्दिनँ भन्न पाउनुहुन्न । केन्द्रीय कार्यसमितिको बैठक बोलाएर उहाँहरूले विशेष महाधिवेशन बोलाउनुभएन भने केन्द्रीय कार्यालयले बोलाउनेछ ।’

उनले पार्टीका अन्य जिम्मेवार पदाधिकारीले विधान पालना नगरे आफू टुलुटुलु हेरे बस्न नसक्ने बताए ।

‘विधानको पालना नभएको कुरा मैले महामन्त्री भएर टुलुटुलु हेरेर बस्न मिल्दैन । केन्द्रीय कार्यालयले विशेष महाधिवेशनको आह्वान गर्छ । देशभरका महाधिवेशन प्रतिनिधि साथीहरू पुसको अन्तिममा हुने विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने तयारी गर्नुहोला । काठमाडौंमा भेट हुनेछ । विशेष महाधिवेशनले केही ऐतिहासिक निर्णय गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?