+
+
Shares

वन हेरालु हत्या प्रकरण : घरदेखि ५०० मिटर टाढा जंगलमा भेटियो टाउको

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १३:२८

२० पुस, जनकपुरधाम । सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार केही समय अघि मात्रै झाडीमा महतोको टाउको फेला परेको हो ।

‘घटनास्थल नजिकै झाडीमा टाउको भेटिएको छ । टाउको नभएको शव हिजो नै फेला परेको थियो । घटनास्थलको मुचुल्का र अनुसन्धानपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ,’ डीएसपी राईले भने ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरका ४७ वर्षीय महतोको शव फेला परेको थियो ।

महतोको शव घरदेखि करिब ५०० मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउको नभएको अवस्थामा भेटिएको थियो ।

स्थानीयका अनुसार शनिबार बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए ।

घटनास्थलमा धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिरहेको थियो । सो घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?