+

महिला राष्ट्रिय लिगको ‘ड्र’ सम्पन्न

२०८२ पुष  २० गते १४:२१ २०८२ पुष २० गते १४:२१
महिला राष्ट्रिय लिगको ‘ड्र’ सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ड्र आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ।
  • लिगमा १० टोलीको सहभागिता रहनेछ र फागुन २४ बाट प्रतियोगिता सुरु हुनेछ।
  • लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा पुग्नेछन् र शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

२० पुस, काठमाडौं । सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गरिएको हो।

लिगमा १० टोलीको सहभागिता रहनेछ। लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसमध्ये शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रतियोगिता फागुन २४ बाट सुरु हुनेछ। एन्फाको क्यालेन्डरमा भाद्रदेखि मंसिरसम्म महिला लिग गर्ने तालिका रहेपनि पछाडि सरेको हो ।

लिगमा सहभागी हुने टोलीहरूमा न्यू रोड टिम, त्रिभुवन आर्मी एफसी, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा एफसी र संकट एफसी रहेका छन्।

महिला राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय