+
+
Shares

भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकाले अपहरण गर्‍यो, हामी स्तब्ध छौँ : नेकपा संयुक्त

नेपाल कम्युनिष्ट पार्टी (सयुक्त)ले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका पुर्‍याएको घटनाले स्तब्ध भएको बताएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १६:३६

२० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (सयुक्त)ले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका पुर्‍याएको घटनाले स्तब्ध भएको बताएको छ ।

उक्त पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रेस वक्तव्य जारी गर्दै भेनेजुएलाको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि हमला र संयुक्त राष्ट्रसंघको बडापत्रको समेत उल्लंघन भनेका हुन् ।

‘यस आक्रमणले त्यस तथ्यलाई अझ स्पष्ट पारेको छ । एकपछि अर्को मुलुकमाथि आक्रमण साम्राज्यवादको चरित्र हो । भेनेजुएलामाथि भएको बक्रमण त्यहाँको प्रचुर खनिज तेलको लुट र त्यस क्षेत्रका अन्य मुलुकमाथि हस्तक्षेपको तयारी हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी उक्त आक्रमणको तुरुन्तै बन्द गर्न माग गर्दछ । त्यस आक्रमणविरुद्ध एकताबद्ध हुन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दछ ।’

यस्तो छ विज्ञप्ति 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?