+
+
Shares

मदुरोलाई बिना सर्त रिहा गर्न नेपाली कम्युनिस्ट पार्टीको माग

नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १७:२५

२० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयबाट जारी वक्तव्यमा यस्तो माग गरिएको छ ।

‘हामी राष्ट्रपति मदुरोलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछौं,’ वक्तव्यमा भनिएको छ, ‘भेनेजुएलाका जनतालाई आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक भविष्य आफैँ तय गर्ने पूर्ण, अविच्छिन्न र सार्वभौम अधिकार छ ।’

कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको यो पार्टीको निष्कर्ष छ । अगाडि भनेको छ, ‘यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गरेको छ ।’

मदुरोलाई अपहरणको शैलीमा कब्जामा लिनु भेनेजुएलाका जनताको सार्वभौम अधिकारमाथि गरिएको गम्भीर हस्तक्षेप भएको ठहर गर्दै अगाडि भनिएको छ, ‘ यस प्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, अन्तर्राष्ट्रिय मर्यादा र सभ्य विश्व व्यवस्थाका लागि पूर्णतः अस्वीकार्य छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?