+
+
Shares

ओखलढुंगा दम्पती हत्या प्रकरण : अनुसन्धान गर्दा खुल्यो अर्का १ व्यक्ति पनि हत्या

ओखलढुंगामा १५ पुसमा भएको दम्पती हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १७:३५

२० पुस, काठमाडौं । ओखलढुंगामा १५ पुसमा भएको दम्पती हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ओखलढुंगाको चिसाङ्ग गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, सोही गाउँपालिका–४ का ४० वर्षीय विनोद राई, सोही गाउँपालिका–४ का ४० वर्षीय प्रकाश भुजेल र चिसाङ–४ कै ३० वर्षीय दार्जे भनिने अशोक भुजेल पक्राउ परेका हुन् ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूले १५ पुसमा चिशंखुगढी गाउँपालिका–६ भदौर गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षकै श्रीमती रत्नमाथा थापा मगरेको हत्या गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

उनीहरूले कोदालो र अन्य धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । हत्या पश्चात शवलाई गोठमा लगेर स्याउलाले छोपी पसल तथा कोठामा रहेको नगद १ लाख, २ तोला सुनका गरगहना र काँचो सुन ६ तोला लुटेर लगेको पाइएको प्रहरीले बताएको छ ।

यही समूहले यसअघि २६ असोजको राति १० बजेतिर ओखलढुंगाकै सिद्धीचरण नगरपालिका–४ चाुर्खमा खेती किसान गर्ने एकल महिला ५२ वर्षीया रत्न कुमारी कटवाल (कार्की)को पनि हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

बन्चरो प्रहार गरी हत्या गरेर नगद तथा सुनका गरगहना लुटेको लगेको पाइएको खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले चार्खु घटनामा प्रयोग भएको बन्चरो, रत्नकुमारीबाट लुटिएको सुन गालेको अवस्थामा ५.८० ग्राम, दाउसहितको खुकुरी, दम्पत्ति हत्यापछि लुटिएको रिचार्ज कार्ड, भरुवा बन्दुक २ थान, दम्पती हत्यामा प्रयोग गरिएको कोदालो र ४ थान मोबाइल बरामद गरिएको छ । घटनाको थप अनुसन्धान ओखलढुंगाबाट अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?