+
इंग्लिस प्रिमियर लिग :

इन्जुरी समयमा एन्जोले गोल गरेपछि सिटी बराबरीमा रोकियो

२०८२ पुष  २१ गते ८:०६ २०८२ पुष २१ गते ८:०६
इन्जुरी समयमा एन्जोले गोल गरेपछि सिटी बराबरीमा रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र चेल्सीबीचको खेल बराबरीमा रोकिएको छ।
  • सिटीका तिजानी रेन्डर्सले ४२औं मिनेटमा गोल गरे भने चेल्सीका एन्जो फर्नान्डेसले इन्जुरी समयमा गोल गरे।
  • सिटीको २० खेलमा ४२ अंक छ भने आर्सनलको ४८ अंक छ र चेल्सी ३१ अंकसहित पाँचौं स्थानमा छ।

२१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटी चेल्सीसँग बराबरीमा रोकिएको छ ।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा चेल्सीले इन्जुरी समयमा गोल गरेर सिटीबाट अंक खोसेको हो ।

सिटीका लागि खेलको ४२औं मिनेटमा तिजानी रेन्डर्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयको चौथो मिनेटमा एन्जो फर्नान्डेसले गोल गर्दै चेल्सीको हार टारे ।

यस बराबरीपछि दोस्रो स्थानको सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाउने मौका गुमाएको छ ।

सिटीको २० खेलमा ४२ अंक छ भने आर्सनलको ४८ अंक छ । चेल्सी ३१ अंकसहित पाँचौं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग चेल्सी म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय