News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहमबीच २-२ गोलको रोमाञ्चक बराबरी भएको छ।
- फुलहम २८ अंकसहित ११औं स्थानमा उक्लिएको छ भने लिभरपुल ३४ अंकसहित चौथो स्थानमा छ।
- ब्रेन्टफोर्डले एभर्टनलाई ४-२, न्युकासलले क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गरेका छन्।
२१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र फुलहमले रोमाञ्चक बराबरी खेलेका छन् ।
फुलहमको घरेलु मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । निर्धारित समय १-१ को बराबरीमा सकिन लाग्दा इन्जुरी समयमा फेरि दुवै तर्फबाट गोल भएका थिए ।
खेलको १७औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा फ्लोरिन विट्जले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
इन्जुरी समयको चौथो मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई जित दिलाउने प्रयास गरेपनि त्यसको तीन मिनेटपछि ह्यारिसन रीडले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
बराबरीपछि फुलहम २८ अंकसहित ११औं स्थानमा उक्लिएको छ । लिभरपुल ३४ अंकसहित चौथोमा यथावत् छ ।
गएराति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले एभर्टनलाई ४-२ गोलअन्तरले पराजित गर्यो भने न्युकासलले क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गर्यो ।
म्यान्चेस्टर युनाइटेड र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले ।
प्रतिक्रिया 4