+
+
Shares

राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ : कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको निर्वाचनमा रणनीतिक तालमेल हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १४:१०

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको निर्वाचनमा रणनीतिक तालमेल हुने बताएका छन् ।

सोमबार पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनका अनुसार राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्नुपर्ने अंकगणित छ । ‘राष्ट्रिय सभामा अंकगणितको कारणले मिल्नुपर्ने बाध्यतात्मक अवस्था छ’ उनले भनेका छन्, ‘राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ ।’

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त हुने स्थानका लागि आगामी माघ ११ मा निर्वाचन हुँदैछ । रिक्त हुन लागेका १९ मध्ये एक जना मनोनित हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २÷२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

निर्वाचनको तालिका अनुसार उम्मेदवारी दर्ताको समय पर्सि अर्थात् यही पुस २३ गते छ । त्यसअगाडि दलहरू तालमेलको कसरतमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बीचमा समेत तालमेलको प्रयास भइराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?