Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित गायिका सुनिता थेगिमले संखुवासभाका अनित कुलुङ राईसँग केही दिनअघि विवाह गरेकी छिन्।
- सुनिताले फेसबुकमा 'श्रीमती कुलुङ राई हुनुमा धन्य छु' लेख्दै श्रीमानसँगको फोटो सेयर गरेकी छिन्।
- अनित कुलुङ राई बेलायती सेनामा कार्यरत छन् र विवाहमा परिवार र निकट आफन्त उपस्थित थिए।
काठमाडौं । चर्चित गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभाका अनित कुलुङ राईसँग विवाह गरेकी हुन् ।
केही दिनअघि यी दुईजनाबीच विवाह भएको हो । आफूले लगनगाँठो कसेको जानकारी दिँदै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’
उनले श्रीमानसँगको फोटो पनि सेयर गरेकी छन् । प्रशंसकले उनलाई बधाई दिइरहेका छन् । अनित कुलुङ राई बेलायती सेनामा कार्यरत छन् । विवाहमा परिवार र निकट आफन्त उपस्थित भएको स्रोतले जनायो ।
लोकपप र पूर्वेली भाकाका गीतमा सुनिताको लोकप्रियता छ । फिल्म ‘गाउँ आएको बाटो’ मा समावेश गीत ‘राई माइला’ निकै चर्चित बनेको गीतमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4