+
+
Shares

घाइते अवस्थामा छन् मदुरो दम्पती, भएको के हो ?

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई काराकासबाट नियन्त्रणमा लिन गरिएको सैन्य कारबाहीका क्रममा उनीहरू लुकेको ठाउँमा अमेरिकी विशेष बल प्रवेश गर्दा उनीहरू घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १५:४०

२३ पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई काराकासबाट नियन्त्रणमा लिन गरिएको सैन्य कारबाहीका क्रममा उनीहरू लुकेको ठाउँमा अमेरिकी विशेष बल प्रवेश गर्दा उनीहरू घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

स्रोतको हवाला दिँदै एनबीसीन्युजले जनाए अनुसार, कम्पाउण्ड भित्रको सुरक्षित कोठाको भित्ता वा ढोकामा ठोक्किएपछि मदुरो र उनकी पत्नीको शरीरमा निलडाम देखिएको वा रगत बगेको थियो। अमेरिकी डेल्टा फोर्सले उनीहरूलाई छुनुअघि नै उक्त चोट लागेको स्रोतको दाबी उद्धृत गर्दै एनबीसीन्युजले समाचार लेखेको छ ।

न्युयोर्क शहरको उत्तरमा रहेको स्टेवार्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेपछि उनीहरूलाई बोकेको विमानमै मदुरो र फ्लोरेसको स्वास्थ्य परीक्षण गरिएको थियो।

जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनका अनुसार, अमेरिकी सेना शनिबार बिहान करिब १ बजे काराकासस्थित कम्पाउण्डमा पुगेर निवासभित्र प्रवेश गरेको थियो । अचानक अमेरिकी सैनिकको अपरेशनको सिकार हुनुपर्दा मदुरो दम्पतीलाई आश्चर्यचकित बनाएको थियो।

अमेरिकी सेनाले मदुरो दम्पती लुकेको ठूला ढोकाहरू फोर्न अत्यधिक प्रकाश र आवाज निकाल्ने तर ज्यान नलिने विस्फोटक उपकरण अर्थात् फ्ल्यास ब्याङ्ग प्रयोग गरेका थिए। अमेरिकी अधिकारीका अनुसार सोही क्षणमा वा सोभन्दा ठीक अघि उनीहरू घाइते भएका थिए।

नियन्त्रणमा लिएपछि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्दा फ्लोरेसको अनुहारमा निलडाम देखिएको थियो। सोमबार न्युयोर्कको संघीय अदालतमा उनीहरू विरुद्ध लागुऔषध ओसारपसारको षड्यन्त्र सम्बन्धी मुद्दामा सुनुवाइ भएको थियो, जहाँ दुवैले आफू निर्दोष रहेको दाबी गरे।

फ्लोरेसका वकिलले न्यायाधीशलाई उनको करङ भाँचिएको हुन सक्ने र थप स्वास्थ्य परीक्षण आवश्यक रहेको बताएका छन्। त्यस्तै मदुरोका वकिलले पनि मदुरोको सामान्य स्वास्थ्यमा समस्या रहेको र उपचार आवश्यक रहेको जानकारी दिए।

मदुरोले न्यायाधीशसँग कुरा गर्दै आफूलाई अपहरण गरिएको बताए। उनले स्पेनी भाषामा भने, ‘म युद्धबन्दी हुँ।’

अनुहारमा देखिएको निलडामबारे सोधिएको प्रश्नमा फ्लोरेसका वकिलले भने, ‘हाम्रा पक्ष प्रतिवादी उच्च मनोबलमा हुनुहुन्छ। हामी सरकारले पेश गर्ने प्रमाणहरूको समीक्षा र त्यसलाई चुनौती दिन तयार छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?