१८ माघ, काठमाडौं । सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ ।
अमेरिकी विशेष दूत लउरा डोगु जनवरी शनिबार काराकास आइपुगेका छन । यसलाई दक्षिण अमेरिकी राजनीतिमा एक ठूलो परिवर्तनको रूपमा हेरिएको छ ।
अमेरिकी दूत डोगुले सामाजिक सञ्जालमार्फत आफ्नो टोली कामको लागि तयार रहेको जानकारी दिएका छन्।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलसँगको भेटमा द्विपक्षीय हित र कूटनीतिक संवादका विषयमा छलफल हुने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बीच भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले तेल क्षेत्रलाई निजीकरण गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । यससँगै अब निजी कम्पनीहरूले भेनेजुएलाको तेल उत्पादन र बिक्रीमा बढी नियन्त्रण पाउनेछन्।
आन्तरिक तनाव कम गर्न भेनेजुएला सरकारले आममाफीको घोषणा गर्दै ‘एल हेलिकोइड’ कारागार बन्द गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया 4