+
+
Shares

प्रतिनिधि सभा निर्वाचन : एमाले हुम्लाबाट दल रावलसहित ३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते ९:४०

‎२४ पुस, सुर्खेत । नेकपा एमाले हुम्लाले दल रावलसहित तीन जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सम्भावित तीन उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

एमाले हुम्लाको बुधबार सदरमुकाम सिमकोटमा बसेको बैठकले दल रावलसहित दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरेको हो । तीन जनामध्ये रावल संसदीय अभ्यास गरेका र अनुभवी नेताका रुपमा चिनिन्छन् ।

कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्रीसमेत रहेका रावल एमालेका केन्द्रीय सदस्य छन् । उनी ०७४ मा प्रदेश सभा चुनाव जितेर प्रदेशको मन्त्री बनेका थिए ।

सिफारिस भएका अर्का उम्मेदवार दल फडेरा भने ०७९ सालको स्थानीय तह निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । उनी त्यसलगत्तै भएको प्रदेश सभा निर्वाचनमा पनि हार व्यहोरेका थिए ।

महिलातर्फ सौमती ऐडीको नाम पनि सिफारिस गरिएको छ ।‎

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?