+

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा

२०८२ पुष  २४ गते ११:२३ २०८२ पुष २४ गते ११:२३
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आउँदो माघ ४ देखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने भएका छन्।
  • नेपालको पहिलो खेल माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेल माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो माघ १० गते जिम्बाबेसँग र चौथो माघ १२ गते स्कटल्यान्डसँग हुनेछ।
  • समूह चरणबाट शीर्ष ३ टोलीहरू सुपर सिक्समा पुग्नेछन् र त्यहाँ शीर्ष ४ टोलीहरू विश्वकपमा छनोट हुनेछन्।

२४ पुस, काठमाडौं । आउँदो माघ ४ देखि काठमाडौंमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा समूह चरणअन्तर्गत नेपालको सबै खेलहरू त्रिवि क्रिकेट मैदानमा हुने भएका छन् ।

यसअघि नेपालको दुई खेल माथिल्लो मुलपानी अनि दुई खेल त्रिवि क्रिकेट मैदानमा हुने उल्लेख थिए । तर नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा हुने भएका हुन् ।

तालिका अनुसार नेपालको पहिलो खेल थाइल्यान्डसँग माघ ४ गते विहानको समयमा त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालको दोस्रो खेल नेदरल्यान्ड्ससँग माघ ८ गते विहान त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपालको तेस्रो खेल माघ १० गते शनिबार जिम्बाबेसँग विहानको समयमा हुनेछ । चौथो खेलमा नेपालले माघ १२ गते सोमबार विहान स्कटल्यान्डसँग खेल्नेछ ।

समूह चरणबाट दुई समूहका शीर्ष ३ टोलीहरू सुपर सिक्समा पुग्नेछन् । त्यहाँ शीर्ष ४ मा रहने टोलीहरू विश्वकपमा छनोट हुनेछन् ।

नेपाली महिला क्रिकेट टोली महिला टी-२० विश्वकप ग्लोबल छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय