+

क्लबलाई ‘सर्कस’ बनाइएको भन्दै म्यान्चेस्टर युनाइटेडका समर्थकले प्रदर्शन गर्ने

२०८२ पुष  २५ गते १४:२७ २०८२ पुष २५ गते १४:२७
क्लबलाई ‘सर्कस’ बनाइएको भन्दै म्यान्चेस्टर युनाइटेडका समर्थकले प्रदर्शन गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेस्टर युनाइटेड समर्थक समूह द १९५८ ले व्यवस्थापनलाई 'सर्कस' बनाइएको आरोप लगाउँदै फेब्रुअरी १ मा प्रदर्शन गर्ने भएका छन्।
  • प्रशिक्षक रुबेन एमोरिमको छोटो समयमै बर्खास्तीपछि समर्थकहरूले सह–अध्यक्ष जोएल ग्लेजरविरुद्ध नाराबाजी गरेका छन्।
  • एमोरिमको स्थानमा नयाँ अन्तरिम प्रशिक्षक खोज्ने प्रक्रिया जारी छ र जनवरी १७ को म्यानचेस्टर डर्बीअघि नियुक्ति हुने–नहुने अनिश्चित छ।

२५ पुस, काठमाडौं । म्यानचेस्टर युनाइटेडको स्वामित्व र व्यवस्थापनविरुद्ध समर्थकहरूको असन्तुष्टि चुलिँदै गएको छ। प्रभावशाली समर्थक समूह द १९५८ ले क्लबलाई ‘सर्कस’ बनाइएको आरोप लगाउँदै फेब्रुअरी १ मा फुलहमविरुद्धको खेलअघि प्रदर्शन गर्ने भएको छ ।

हालै प्रशिक्षक रुबेन एमोरिमको नियुक्ति र छोटो समयमै बर्खास्ती भएपछि समर्थकहरू झन् आक्रोशित बनेका छन्। बुधबार बर्नलीविरुद्धको खेलअघि समर्थकहरूले सर जिम र्‍याट्क्लिफविरुद्ध ब्यानर प्रदर्शन गर्नुका साथै सह–अध्यक्ष जोएल ग्लेजरविरुद्ध नाराबाजी गरेका थिए।

समर्थक समूहले जारी गरेको वक्तव्यमा क्लब मैदानभित्र र बाहिर दुवैतर्फ दिशाहीन बनेको उल्लेख गर्दै व्यवस्थापनको कडा आलोचना गरेको छ। यद्यपि, र्‍याट्क्लिफ पक्षधरहरूले उनले क्लबमा २५० मिलियन पाउन्ड लगानी गरेको र प्रशिक्षण केन्द्र सुधार गरेको दाबी गर्दै उनको नियतमाथि प्रश्न उठाउन नहुने बताएका छन्।

यसैबीच, एमोरिमको स्थानमा नयाँ अन्तरिम प्रशिक्षक खोज्ने प्रक्रिया जारी छ। ओले गुन्नार सोल्स्कजाएर र माइकल क्यारिकको नाम चर्चामा रहे पनि औपचारिक वार्ता भने अझै नभएको बताइएको छ। हाल अन्डर–१८ टोलीका प्रशिक्षक डारेन फ्लेचरले अन्तरिम जिम्मेवारी सम्हालिरहेका छन्।

म्यानचेस्टर युनाइटेडले जनवरी ११ मा एफए कपमा ब्राइटनसँग खेल्नेछ भने जनवरी १७ मा हुने म्यानचेस्टर डर्बीअघि प्रशिक्षक नियुक्ति हुने–नहुने अझै अनिश्चित रहेको छ।

-बीबीसीबाट

म्यान्चेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय