+
+
Shares

‘गोल्डेन ग्लोब्स अवार्ड’ प्रेजेन्टरमा प्रियंका पनि, नेपालबाट कति बजे शो हेर्न सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री प्रियंका चोपडालाई ८३ औं गोल्डेन ग्लोब अवार्ड २०२६ को प्रस्तुतकर्ताको सूचीमा समावेश गरिएको छ।
  • प्रियंकाले हलिउड अभिनेत्री जुलिया रोबट्र्स, अभिनेता जर्ज क्लुनी र मिला कुनिससँगै अवार्ड प्रस्तुत गर्नेछिन्।
  • गोल्डेन ग्लोब अवार्ड नेपालमा सोमबार बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु हुनेछ।

काठमाडौं । विश्वब्यापी मनोरञ्जन उद्योगमा आफ्नो स्थान बनाइसकेकी बलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउडका कार्यक्रममा पनि देखिने भएकी छिन् ।

यसपटक प्रियंकाको नाम ८३ औं ‘गोल्डेन ग्लोब अवार्ड २०२६’ को प्रस्तुतकर्ताको सूचीमा घोषणा गरिएको छ । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी पनि दिएकी छन् ।

उनले हलिउड अभिनेत्री जुलिया रोबट्र्स, अभिनेता जर्ज क्लुनी र मिला कुनिससँगै स्टेजमा अवार्ड प्रस्तुत गर्नेछिन् । लामो समयपछि यो प्रतिष्ठित मञ्चमा उनको यो पहिलो उपस्थिति हुनेछ ।

गोल्डेन ग्लोब्सले सार्वजनिक गरेको प्रस्तुतकर्ताको सूचीमा ठूला नामहरू पनि समावेश छन् । जसमा एडेबिरी, चार्ली शीन, क्रिस पाइन, कोलम्यान डोमिंगो, डकोटा फ्यानिङ, हेली स्टेनफेल्ड, अमान्डा सेफ्राइड, मेलिसा म्याकार्थी, माइली साइरस, ओर्लान्डो ब्लूम, स्नूप डग, वान्डा साइक्स, जो किरी छन् ।

साथै, किगन-माइकल की, क्वीन लतिफाह, जोन बेटम्यान, म्याकाले कल्किन, पामेला एन्डरसन, ललिसा, लुक ग्रिम्स, मार्लोन वेयन्स अभिनीत, मिन्नी ड्राइभर, रेजिना हल, शन हेस, विल अर्नेट र जोई क्राभिट्जले पनि पुरस्कार प्रदान गर्नेछन् ।

हास्य कलाकार निक्की ग्लेजरले फेरि एक पटक समारोह होस्ट गर्नेछिन् । गत वर्ष दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यो कार्यक्रम डिक क्लार्क प्रोडक्सनद्वारा निर्माण गरिनेछ ।

यो अवार्ड शो नेपालमा सोमबार बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु हुनेछ । गोल्डेन ग्लोब्स फिल्म र टेलिभिजनको संसारमा सबैभन्दा ठूला अवार्ड कार्यक्रममध्ये एक हो ।

यद्यपि, प्रियंकाले अवार्ड कार्यक्रम आयोजना गर्ने वा प्रस्तुत गर्न लागेको यो पहिलो पटक होइन । सन् २०१३ मा, उनले फिल्मफेयर अवाड्र्सको आयोजना गरिन्, जहाँ उनले शाहरुख खानसँग स्टेज साझा गरिन् । यसका साथै, उनले अस्कर अवार्डको प्रेजेन्टर बनिसकेकी छन् ।

उनी चाँडै नै ‘द ब्लफ’ र ’वाराणसी’ जस्ता फिल्ममा देखिनेछिन् र ‘सिटाडेल’ सिजन २ को तयारी पनि गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?