News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन रनिङ क्लबले पुस २७ गते नेसनल टोपी डे रन २०८२ आयोजना गर्ने भएको छ ।
- नेसनल टोपी डे रनमा नेपालसहित विभिन्न देशका दुई सयभन्दा बढी धावकको सहभागिता हुनेछ।
- दौड ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वाडेखि सुरु भई ८ किमी र ४.५ किमी गरी दुई विधामा सञ्चालन हुनेछ।
२५ पुस, काठमाडौं । हिमालयन रनिङ क्लबको आयोजनामा यही पुस २७ गते नेसनल टोपी डे रन २०८२ हुने भएको छ । राष्ट्रिय टोपी दिवसको अवसर पारेर नेसनल टोपी डे रन आयोजना गर्न लागेको क्लबका अध्यक्ष सहदेव व्यन्जनकारले जानकारी दिए ।
‘हाम्रो टोपी हाम्रो एकता’ भन्ने नाराका साथ हुन लागेको नेसनल टोपी डे रनमा नेपाल बाहेक विभिन्न देशका धावकहरुको समेत सहभागिता हुने आयोजनकले जनाएको छ ।
प्रतियोगिता दुई सय धावक सहभागि गराउने अपेक्षा राखेपपनि उत्साहजनक रुपमा नाम दर्ता भइरहेको शुक्रबारसम्म दुई सय भन्दा बढीले नाम दर्ता गरिसकेको व्यन्जनकारले जानकारी दिए ।
प्रतियोगिता सहभागि हुने सम्पूर्ण धावकहलाई नेपाली ढाका टोपी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ ।
दौड ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वादेखि सुरु हुनेछ । नेसनल टोपी डेमा ८ किमी र ४.५ किमी गरेर दुई विधा समावेश हुनेछ ।
८ वर्षअघि भक्तपुरको ठिमीका टोली लगाएर दौडँदै गरेको धावक देखेपछि सहदेव व्यन्जनकारलाई टोपी लगाएर दौड आयोजना गर्ने रहर जागेको थियो ।
तर कोभिड महामारी लगायत विभिन्न कारणले गर्दा उक्त रन आयोजना गर्न नसकेको र यस वर्ष देखि सुरुवात गर्न लागेको बताए ।
प्रतियोगितामा सहभागि हुनेमध्येबाट लक्की ड्र मा दुई जनालाई बुद्दध एअरको माउन्टेन फ्लाइट टिकट प्रदान गरिने व्यन्जनकारले जानकारी दिए ।
पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउँदै आएको दिन पारेर यसको सुरुवात गर्न लागेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4