+
+
Shares

सुरक्षाका कारण मतदानमा जान संकोच मान्नुपर्ने अवस्था छैन : आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ।
  • प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउन अझै काम गरिरहेको र भरपर्दो सुरक्षा व्यवस्था बनाइरहेको बताए।
  • निर्वाचनमा बदर मत घटाउन आवश्यक रणनीति तय गरी अघि बढ्ने आयोगले जनाएको छ।

२५ पुस, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गरेका हुन् ।

उनले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको समेत बताए ।

सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको प्रवक्ता भट्टराईको भनाइ थियो ।

‘सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने अथवा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था छैन । सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालयको नेतृत्वमा र आयोगको सहजीकरणमा निर्वाचनको लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि कार्य भइरहेको कुरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।

प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?