News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टोलीले फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप खेल्नेछ।
- नेपालको १५ सदस्यीय टोली घोषणा भइसकेको छ र अहिले भैरहवामा प्रशिक्षण भइरहेको छ।
- नेपालले समूह 'सी' मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्नेछ र सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा हुनेछ।
२५ पुस, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आगामी महिना तेस्रोपटक आईसीसी टी-२० विश्वकप खेल्दै छ । फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपका लागि नेपालको १५ सदस्यीय टोली घोषणा पनि भइसकेको छ ।
विश्वकपका लागि यतिबेला नेपाली टोली तयारीमा व्यस्त छ । अघिल्लो सातासम्म काठमाडौंमा प्रशिक्षण गरेको नेपाली टोली अहिले भने भैरहवामा छ । भैरहवास्थित एक्सट्राटेक ओभल क्रिकेट मैदानमा नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ ।
अर्को सातादेखि काठमाडौंमा आईसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफायर आयोजना हुने भएको ले नेपाल क्रिकेट संघ क्यानले पुरुष टोलीको प्रशिक्षक एक्स्ट्राटेक ओभलमा गराएको हो ।
विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्नेछ । नेपालको सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा हुनेछ ।
नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै टी-२० विश्वकपको सुरुवात गर्नेछ । नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंका आयोजना हुँदैछ ।
तस्वीरहरू : क्यान



















प्रतिक्रिया 4