+

हिमालयन च्यालेन्जर्स यू–१८ क्लासिकल चेस प्रतियोगिता हुने

२०८२ पुष  २५ गते २१:१५ २०८२ पुष २५ गते २१:१५
हिमालयन च्यालेन्जर्स यू–१८ क्लासिकल चेस प्रतियोगिता हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन चेस एकेडेमीले २४ युवा खेलाडीका लागि नौ दिनसम्म चल्ने 'हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता' आयोजना गर्ने भएको छ।
  • प्रतियोगिता काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित एकेडेमीको चेस हलमा स्विस प्रणालीमा नौ चरणका खेल सहित सञ्चालन हुनेछ।
  • एकेडेमीले २०८० साल चैत १ गते स्थापना भएदेखि करिब २ सय खेलाडीलाई तालिम दिइसकेको छ र अनलाइन कक्षा पनि सञ्चालन गर्दै आएको छ।

२५ पुस, काठमाडौं । हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यसहित ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आयोजना गर्ने भएको छ। प्रतियोगितामा छनोट भएका २४ प्रतिभावान् खेलाडीले आइतबारदेखि नौ दिनसम्म प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौं जिल्ला चेस संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित एकेडेमीको आफ्नै चेस हलमा सञ्चालन हुनेछ। स्विस प्रणालीमा हुने प्रतियोगितामा नौ चरणका खेल हुनेछन्। प्रत्येक खेलाडीले ९० मिनेट समय तथा ३० सेकेन्ड इन्क्रिमेन्ट पाउनेछन्। जितमा १ हजार र बराबरीमा ४ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले नेपालमा र्यापिड र ब्लिज प्रतियोगिता बढी भए पनि क्लासिकल चेस दुर्लभ भएकाले खेलाडीको स्तर मापन र विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको बताइन्।

यसअघि हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन ब्लिज कप, हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन क्वीन्स ग्याम्बिट लगायत १० प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। यो एकेडेमीको ११औँ प्रतियोगिता हुनेछ।

२०८० साल चैत १ गते स्थापना भएको एकेडेमीले थापाथली र भक्तपुर शाखामार्फत करिब २ सय खेलाडीलाई विभिन्न तहका तालिम दिइसकेको छ भने अनलाइन कक्षा तथा स्कुल–समुदायस्तरमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

हिमालयन च्यालेन्जर्स यू-१८ चेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय