+
+
Shares

सन्नी लियोनी काठमाडौंमा

होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १४:५२

२६ पुस, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आइपुगेकी छन् । होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १:३० बजे अवतरण भएको थियो ।

विमानस्थलमा मिडियासँग संक्षिप्त कुरा गर्दै लियोनीले नेपालको प्राकृतिक सौन्दर्यले मोहित हुने गरेको बताउँदै समय मिलाएर परिवारसहित घुम्न आउने प्रतिक्रिया दिइन् ।

सो क्यासिनोले बिहिबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।

क्यासिनो उद्घाटन, पशुपतिनाथ दर्शन, नेकपा संयोजक पुष्पकमल दाहाल र नेपाली कलाकारसँगको भेटसहितको ब्यस्ततापछि दत्त नीजि विमानमा शुक्रबार नयाँ दिल्ली फर्किएका छन् ।

कामको कुरा गर्दा, लियोनी चर्चित भारतीय टिभी रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’ को पाँचौ सिजनको होस्टिङमा ब्यस्त छिन् । अनुराग कश्यपसँगको पछिल्लो फिल्म ‘केनेडी’ ले चर्चा बटुलेको थियो ।

यसबाहेक, उनले हालै ‘ब्यूटी विथ फ्रागरेन्स’ नामक सौन्दर्य प्रशाधनको व्यवसाय पनि लन्च गरेकी छिन् । नेपालमा पनि उनको फ्यान फ्लोइङ धेरै रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?