News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री सन्नी लियोनी र उनका पति डेनियल वेभर हाल नेपालमा छन् र नगरकोटको भ्यू टावरबाट उपत्यकाको दृश्यावलोकन गरेका छन्।
- सन्नी र डेनियलले सामाजिक सञ्जालमा नगरकोट र वरपरका आकर्षक तस्वीर र भिडियो सेयर गरेका छन् र डेनियलले हिमालयको प्राकृतिक सौन्दर्यले मन जितेको उल्लेख गरेका छन्।
- सन्नी लियोनी नेपाल झन्डै सातौं वा आठौं पटक घुम्न आएकी हुन् र उनी एमटीभी स्पिल्ट्सभिल्लामा ब्यस्त छिन् भने डेनियल अमेरिकी संगीतकर्मी, अभिनेता र उद्यमी हुन्।
काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी होस्ट सन्नी लियोनी अहिले नेपालमा छिन् । दुई महिनाअघि एक क्यासिनो उद्घाटनमा आएकी उनी अहिले पतिसहित घुम्न आएकी हुन् ।
बुधबार दिउँसो उनी पति डेनियल वेभरसहित नगरकोटको भ्यू टावर पुगिन् र त्यहाँबाट उपत्यकाको दृश्यावलोकन गरिन् । उनीहरूले त्यहाँबाट देखिने हिमश्रृंखलाको पनि अवलोकन गरे ।
सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत नगरकोट र त्यहाँ वरपर घुमेका आकर्षक तस्वीर र भिडियो सेयर गरेका छन् । हिमालय र नेपालको प्राकृतिक सौन्दर्यले आफूहरूको मन जितेको डेनियलले एक्स (ट्वीटर)मा उल्लेख गरेका छन् ।
‘विशेष क्षण र स्पष्टता भेटेकी छु’ डेनियलसँगको फोटो सेयर गर्दै सन्नी लेख्छिन् । अर्को पोस्टमा उनले नगरकोटबाट देखिने दृश्य सेयर गर्दै लेखेकी छन्, ‘योभन्दा धेरै सौन्दर्य अन्त भेटेको छैन ।’

लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका छन् । लियोनीको त यो झन्डै सातौं र आठौंपटकको नेपाल घुमघाम हो । उनी पहिलोपटक ब्रान्ड इन्डोर्समेन्ट, त्यसपछि केही क्यासिनो उद्घाटन, फिल्म प्रिमियर लगायतका अवसरमा काठमाडौं आएकी छन् ।
उनले यसअघि परिवारसहित नेपाल घुम्न आउने बताउने गरेकी थिइन् । लियोनी अहिले एमटीभी स्पिल्ट्सभिल्लामा ब्यस्त छिन् भने उनको पछिल्लो फिल्म ‘केनेडी’ हालै प्रदर्शनमा आएको थियो ।
डेनियल अमेरिकी संगीतकर्मी, अभिनेता, उद्यमी हुन् । सन् २०११ मा विवाह गरेको यो जोडीलाई बलिउडको पावरफुल कपलमध्ये मानिन्छ । उनी सांगीतिक समूह ‘द डिस्प्यारोज’का गिटारिस्ट र रक आर्टिस्ट हुन् । उनले सन् २०२५ मा प्रमुख भारतीय सहरमा ‘बिलिभ इन्डिया टूर’ गरेका थिए ।
उनले ज्याकपट, एक पहेली लीला, बेइमान लभ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।


प्रतिक्रिया 4