+
+
Shares

२ घण्टादेखि शेरबहादुर देउवा र शेखर कोइरालासहितको छलफल जारी

देउवालाई भेट्न कोइरालासहितका नेता साढे १ बजे महाराजगञ्ज पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १५:२८

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालासहित नेताहरूको छलफल जारी छ ।

कोइरालाको सचिवालयका अनुसार पार्टीलाई एकढिक्का कसरी बनाउन सकिन्छ भन्नेबारे नेताहरूबीच छलफल जारी छ ।

छलफलमा कोइराला, देउवासँगै सहमहामन्त्री जीवन परियार र डा मिनेन्द्र रिजाल पनि सहभागी छन् ।

देउवालाई भेट्न कोइरालासहितका नेता साढे १ बजे महाराजगञ्ज पुगेका थिए ।

यसअघि आजै बिहान पनि कोइराला देउवालाई भेट्न पुगेका थिए । ‘बिहान सभापतिलाई भेट्न आएका थियौँ । एकछिनमात्रै छलफल भयो । त्यतिबेला सभापति राष्ट्रपतिज्यूलाई भेट्न जाने भनेर निस्किनुभयो,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले अनलाइनखबरसँग भने, ‘नेताहरू फेरि साढे १ बजे आउनु भयो । छलफल अहिले जारी छ ।’

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन आह्वान गरेसँगै देउवासहितका नेताहरू त्यसलाई रोक्न लागिपरेका छन् । शेखर भने दुई पक्षलाई मिलाउने भन्दै छलफल गरिरहेका छन् ।

विशेष महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?