+

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दोमा खुशी, प्रतिभा र सोयालाई स्वर्ण

२०८२ पुष  २६ गते १९:१८ २०८२ पुष २६ गते १९:१८
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दोमा खुशी, प्रतिभा र सोयालाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार स्वर्ण जितेका छन्।
  • प्रतियोगितामा २ सय २७ खेलाडी सहभागी छन् र सिनियर तथा जुनियर पुरुष र महिलाका २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।
  • लिगको दोश्रो संस्करणको पहिलो प्रतियोगिता कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा थलीस्थित हातामा सम्पन्न भएको छ।

२६ पुस, काठमाडौं । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार स्वर्ण जितेका छन् ।

जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर महिला ४९–५३ केजीको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन् ।

सिनियर महिला ५३–५७ केजीमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ तथा ५७–६१ केजीमा सोयाले काभ्रेकी एलिना बन्मालीलाई फाइनलमा हराए ।

थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भइरहेको प्रतियोगिताको जुनियर पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जिते । फाइनलमा राहुलले काठमाडौंका ललितबहादुर राणा तथा सुप्रियाले काठमाडौंकै रोनिशा गौतमलाई पाखा लगाए ।

जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छ्याउदै पहिलो भए ।

प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २ सय २७ खेलाडी सहभागी छन् । सिनियर÷जुनियर पुरुषमा समान ५–५ तथा सिनियर/जुनियर महिलामा समान ५–५ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए ।

लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय