+

केभीआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

२०८२ पुष  २६ गते १९:०५ २०८२ पुष २६ गते १९:०५
केभीआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरिकाकी सोनिया मार्टिन पहिलो भएका छन्।
  • २५ किलोमिटरको रेसमा मिलनले दुई घन्टा २३ मिनेट २४ सकेन्डमा दौड पूरा गरे भने सोनियाले तीन घन्टा २८ मिनेट नौ सकेन्डमा दौड पूरा गरिन्।
  • प्रतियोगितामा नेपालका ६६ र २४ विदेशीसहित ९० धावकधाविकाले सहभागिता जनाएका थिए।

२६ पुस, काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले दुई घन्टा २३ मिनेट २४ सकेन्ड समय लगाए ।

नेपालकै लोकेन्द्र राई दोस्रो र दिवाकर बुढामगर तेस्रो स्थानमा रहे । लोकेन्द्रले दुई घन्टा २६ मिनेट १६ सकेन्ड र दिवाकरले तीन घन्टा ११ मनेट ३५ सकेन्डमा दौड पुरा गरे ।

महिलातर्फ सोनियाले तीन घन्टा २८ मिनेट नौ सकेन्ड समय लगाइन् । सोनियाले गत महिना भएको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।

एनी माइ बान तीन घन्टा ३२ मिनेट ५३ सकेन्ड समय लगाएर दोस्रो र बेलायतकी सेली रेबेका चार घन्टा चार मिनेट ३३ सकेन्ड समयसहित तेस्रो स्थानमा रहे ।

१० किलोमिटर दौडमा पुरुषतर्फ स्विट्जरल्यान्डका सिमन डाल्चर एक घन्टा १८ मिनेट ४८ सकेन्ड समय लगाएर पहिलो स्थानमा रहे । नेपालका प्रेम बहादुर सुनुवारले पाँच सकेन्डले पछाडि परेपछि दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

मिङमा ग्याल्सेन शेपा (१ः३१.४३ सकेन्ड) तेस्रो स्थामा रहे । १० किलोमिटर महिलातर्फ जापानकी मायुको आकुतागावा (१ः२८.३८) पहिलो, बेलायतकी इलियाना मारिया ड्रापर (१ः५७.१५) दोस्रो र अमेरिकाकी इरिका मिक्स ((२ः०३.०८) तेस्रो भए ।

२५ किमीको दौड मच्छेगाउँ मातातीर्थबाट सुरु भएर चन्दािगरी केबलकार आधार स्टेसन, चन्द्रागिरी मन्दिर, धापभञ्ज्याङ, बुद्ध स्तूप, मच्छेनारायाण मन्दिर हुँदै पुन मच्छेगाउँमा पुगेर सम्पन्न भएको थियो ।

प्रतियोगितामा नेपालका ६६ र २४ विदेशीसहित ९० जना धावकधाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले विजेतालाई पुरस्कार प्रदान गरे ।

 

केभीआर समिट च्यालेन्ज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय