+
+
Shares

विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर चुनावमा होमिनेछौं : करुणा कटुवाल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुण कटुवालले विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर २१ फागुनको निर्वाचनमा होमिने बताइन्।
  • उनले नयाँ पुस्ताले कांग्रेसको भविष्य निर्धारण गर्ने र यथास्थितिमा मुलुक रहन नसक्ने बताइन्।
  • कटुवालले पार्टीभित्र समस्या देखिएकै कारण विशेष महाधिवेशन आयोजना भएको धारणा राखिन्।

२७ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुण कटुवालले विशेष महाधिवेशनले दिने ऊर्जा बोकेर २१ फागुनको निर्वाचनमा होमिने बताएकी छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी कटुवालले नयाँ पुस्ताले कांग्रेसको भविष्य निर्धारण गर्ने बताइन् ।

उनले यथास्थितिमा मुलुक रहन नसक्ने विशेष महाधिवेशनले पार्टीभित्र देखिएको समस्या समाधान गर्ने बताइन् ।

उनले पार्टीभित्र समस्या देखिएकै कारण विशेष महाधिवेशन आयोजना भएको धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?