News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको छ।
- नेपालले अमेरिकाले दिएको १५८ रनको लक्ष्य १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
- सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाइन् भने पूजा महतोले अविजित ४३ रन बनाइन्।
२७ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले अमेरिकालाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन बनाइन् । पूजा महतोले अविजित ४३ रन बनाइन् । काजल श्रेष्ठले २८ तथा कविता जोशीले १२ रन बनाइन् ।
अमेरिकाका लागि तारा नोरिस र लेखा शेट्टीले २-२ विकेट लिए । तरानुम चोपराले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । एला क्लारिजले ३९ रन बनाइन् । पूजा गनेसले २२ रन बनाइन् ।
नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिँदा कविता कुँवर, कविता जोशी, रिया शर्मा र रचना चौधरीले १-१ विकेट लिए ।
यसअघि नेपालले स्कटल्यान्डसँग पनि अभ्यास खेल खेलेको थियो जहाँ २७ रनले पराजित भएको थियो ।
अमेरिकासँग भने यसअघि भएको २ अभ्यास खेलमा भने एक जित र एक हारको नतिजा निकालेको थियो ।
प्रतिक्रिया 4