+

महिला टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावतीको नगद पुरस्कार घोषणा

२०८२ पुष  २८ गते १०:४८ २०८२ पुष २८ गते १०:४८
महिला टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावतीको नगद पुरस्कार घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमरावती बुटिक होटलले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
  • सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
  • प्रबन्ध निर्देशक कुशल श्रेष्ठले महिला क्रिकेटलाई प्रोत्साहन गर्न निजी क्षेत्रबाट योगदान आवश्यक रहेको र पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढ्ने बताए।

२८ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले घोषणाको जानकारी गराएका छन्।

घोषणाअनुसार प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो घोषणा गरेको श्रेष्ठले बताएका छन्। उनले महिला क्रिकेटको विकास र खेलाडीहरूको मेहनत तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेको बताएका छन्।

उनले महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। ‘महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ। यस्तो अवस्थामा हामीले हाम्रा खेलाडीहरूलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो’ श्रेष्ठले बताए।

यस किसिमको पुरस्कार घोषणाले महिला क्रिकेटमा सकारात्मक सन्देश जानेछ र भविष्यमा अन्य व्यवसायिक तथा सामाजिक संस्थाहरू पनि खेल क्षेत्रको समर्थनमा अघि बढ्ने अपेक्षा उनले गरेका छन्।

आईसीसी महिला टL-२० विश्वकप ग्लोबल छनोट माघ ४ गते देखि १८ गतेसम्म हुनेछ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय