+

बीपीएल : छोरा एइसाखिलसँगै नाबीले गरे ब्याटिङ, बन्यो अर्धशतकीय साझेदारी

२०८२ पुष  २८ गते ११:३९ २०८२ पुष २८ गते ११:३९
बीपीएल : छोरा एइसाखिलसँगै नाबीले गरे ब्याटिङ, बन्यो अर्धशतकीय साझेदारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश प्रिमियर लिगमा मोहम्मद नाबी र उनका छोरा हसन एइसाखिलले एउटै टोलीबाट पहिलो पटक टी–२० लिग खेले।
  • हसन एइसाखिलले डेब्यू खेलमा ६० बलमा ९२ रन बनाए भने नाबीले १७ रन बनाए।
  • टोलीले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएर ४१ रनले जित हासिल गर्‍यो।

२८ पुस, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा आइतबार अफगानिस्तानका अनुभवी क्रिकेटर मोहम्मद नाबी र उनका छोरा हसन एइसाखिलले एकै टोलीबाट खेले । उनीहरू एउटै टोलीबाट टी–२० लिग खेल्ने पहिलो बुबा–छोरा जोडी समेत बने ।

नोआखाली एक्सप्रेसका लागि डेब्यू खेल खेलेका १९ वर्षीय एइसाखिलले उत्कृष्ट प्रदर्शन गरे। ढाका क्यापिटल्ससँगको खेलमा उनले ६० बलमा ९२ रन बनाए। एइसाखिल र नाबीबीच चौथो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो। नाबीले भने १७ रन बनाए ।

टोलीले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै ४१ रनको जित पनि हात पार्‍यो। क्रिजमा सँगै ब्याटिङ गर्ने क्रममा नाबीले एइसाखिललाई निरन्तर सुझाव दिइरहेका थिए।

खेलपछिको प्रेस मिटमा नाबीले भने, ‘म प्रशिक्षणमा मात्र कडा हुन्छु। म उसलाई बलरले के गर्नेछ भनेर बताइरहेको थिएँ।’ एइसाखिलले पनि बुबासँग खेल्न पाउँदा खुसी लागेको बताए। उनलाई डेब्यू क्याप पनि नाबीले नै प्रदान गरेका थिए ।

एइसाखिलले शतक पूरा गर्न नसकेकोमा दुःख नलागेको पनि उल्लेख गर्दै टोलीका लागि बढी रन बनाउने प्रयास गरिरहेको कारण आउट भएको बताए ।

उनले आफू बुबाको नक्कल नगर्ने र आफ्नै प्राकृतिक शैलीमा ब्याटिङ गर्ने बताए। नबीले पनि छोराको शैली स्वाभाविक रहेको भन्दै प्रशंसा गरे।

हसन एइसाखिलले पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा चितवन राइनोजबाट खेलेका थिए ।

-क्रिकइन्फोबाट

मोहम्मद नाबी हसन एइसाखिल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय