Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'एक्लो' ले प्रदर्शनको १० दिनमा घरेलु बक्सअफिसमा ४३ लाख २५ हजार ४९८ नेरु ग्रस कमाएको छ।
- चलचित्र विकास बोर्डले सोमबार सिनेपाः बक्सअफिसको विवरण सार्वजनिक गरेको हो।
- यस अवधिमा 'एक्लो' का १३ हजार ११ वटा मात्र टिकट बिक्री भएका छन्।
काठमाडौं । प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा ४३ लाख नेरु ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सिनेपाः बक्सअफिसको विवरण बाहिर ल्याएको छ ।
जसअनुसार, यो फिल्मले ४३ लाख २५ हजार ४९८ नेरु ग्रस कमाएको हो । सोही अवधिमा यसका १३ हजार ११ वटा मात्र टिकट बिक्री भएका छन् । विज्ञान कथा बताइएको यो फिल्ममा विजय लामा, प्रदीप खड्का, दिनेश डीसी, कविता नेपाली, जेमी बेकन लगायतको अभिनय छ ।
१ जनवरीमा रिलिज भएको ‘एक्लो’ को उक्त हिसाब १० जनवरी अर्थात पछिल्लो शनिबारसम्मको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4