+

बिरामी सुरक्षामा केन्द्रित दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

२०८२ पुष  २८ गते १२:४९ २०८२ पुष २८ गते १२:४९

सम्मेलनमा चारवटा प्राविधिक सत्र, एउटा प्यानल छलफल, चारवटा अतिरिक्त मौखिक प्रस्तुति तथा २२ वटा पोस्टर प्रस्तुति प्रस्तुत गरिएका थिए।

बिरामी सुरक्षामा केन्द्रित दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ, जसमा स्वास्थ्य क्षेत्रका विज्ञ, विद्यार्थी र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
  • औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि सुरक्षाका पक्षहरूबारे जानकारी गराए र नागरिक सचेतना र सहकार्यको आवश्यकता औंल्याए।
  • सम्मेलनमा ‘निरामय’ नामक राष्ट्रिय टोली गठन गरिएको छ र आगामी वर्ष वीरगञ्जमा नर्सिङ विद्यार्थीलाई लक्षित कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।

२८ पुस, काठमाडौं । बिरामी सुरक्षालाई केन्द्रविन्दुमा राखेर आयोजना गरिएको दुई दिने राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा पैरवी गर्दै आएको संस्था निरामयको आयोजनामा चितवनमा सम्मेलन आयोजना गरिएको थियो ।

पुस २६ र २७ गते चलेको यस सम्मेलनमा विभिन्न विश्वविद्यालय, स्वास्थ्य संस्थान तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञ, विद्यार्थी, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको कार्यक्रम संयोजक डा. दीर्घराज जोशीले जानकारी दिए।

सम्मेलनका प्रमुख अतिथिका रूपमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको उपस्थिति थियो । ढकालले आफ्नो प्रस्तुति मार्फत औषधि सुरक्षाका विविध पक्षहरूबारे जानकारी गराए । नागरिक सचेतना, नीति कार्यान्वयन र सबै सरोकारवालाको सहकार्यबाट मात्र बिरामीलाई सुरक्षित राख्न सकिने कुरामा उनले जोड दिए ।

कार्यक्रमको अध्यक्षता प्राध्यापक ममता शर्मा न्यौपानेले गरेकी थिइन् ।

डा.जोशीका अनुसार सम्मेलनमा चारवटा प्राविधिक सत्र, एउटा प्यानल छलफल, चारवटा अतिरिक्त मौखिक प्रस्तुति तथा २२ वटा पोस्टर प्रस्तुति प्रस्तुत गरिएका थिए। उत्कृष्ट मौखिक तथा पोस्टर प्रस्तुत गर्ने सहभागीहरूलाई सम्मान प्रदान गरिएको थियो।

डा. कालु शर्मा सुवेदी, डा. शीतल अधिकारी, प्राध्यापक ममता शर्मा न्यौपाने, प्राध्यापक डा. कल्पना पौडेल, सहप्राध्यापक डा. विष्णु बिष्ट, प्राध्यापक डा. मुनिराज क्षेत्रीलगायत आ–आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रस्तुति राखेका थिए ।

सम्मेलनको मूल उद्देश्य सामाजिक चेतना अभिवृद्धि गर्दै करुणा, दया, प्रेम, नैतिकता र इमान्दारितालाई स्वास्थ्य सेवाको आधार बनाउनु रहेको आयोजकले बताएका छन् ।

सम्मेलनको दोस्रो दिन पौष पृथ्वी जयन्तीको अवसरमा दीप प्रज्वलन गरी पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै उनीप्रति श्रद्धा प्रकट गरियो ।

‘मेरो देश, मेरो जिम्मेवारी- नेपाल प्रथम’ भन्ने राष्ट्रिय भावनाका साथ काम गरेमा नागरिक सुरक्षामार्फत स्वस्थ समाज निर्माण भई देश रूपान्तरण सम्भव हुने निष्कर्ष सम्मेलनले निकालेको छ ।

यसै सम्मेलनको अवसरमा ‘निरामय’ नामक राष्ट्रिय टोली गठन गरिएको छ, जसको संयोजकका रूपमा प्राध्यापन क्षेत्रमा सक्रिय निशा अधिकारी चयन भएकी छिन् । ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः भन्ने भावनालाई आत्मसात् गर्दै निरामयले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नवनियुक्त संयोजक निशा अधिकारीले बताइन् ।

साथै, आगामी एक वर्षभित्र वीरगञ्जमा नर्सिङ विद्यार्थीहरूलाई लक्षित गरी अर्को राष्ट्रिय कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ । कार्यक्रमको सह–आयोजकको नाताले चितवन मेडिकल कलेजको तर्फबाट प्राध्यापक ममता शर्मा न्यौपानेले सम्मेलन सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

स्वास्थ्य सम्मेलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय